जन्मभुमि खबर ,
पोखरा ।
क्षेत्रफलका हिसाबले देशकै ठुलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति तथा मध्यम गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ ।
उनका अनुसार महानगरपालिकाका गरिब घरपरिवार पहिचान तथा परिचयपत्र विवरणमार्फत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त सूचीबमोजिम आगामी विसं २०८३ को जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बिमा गरिनेछ ।
महानगर स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले अति तथा मध्यम गरिब परिवारलाई बिमा गर्ने कार्यका लागि सुरुआतमा दर्ता सहयोगीलाई आवश्यक अभिमुखीकरण गरिने बताए । लक्षित वर्गलाई यस कार्यक्रममार्फत लाभ लिन महानगरपालिकाले अनुरोधसमेत गरेको छ ।