जन्मभुमि खबर ,
पोखरा ।
करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको शव भेटियो।
अन्दाजी २२ देखि २५ वर्ष उमेरकी महिलाको पहिचानका लागि प्रहरीले तस्बिर सार्वजनिक गरेको छ । हालसम्म ती महिलाको पहिचान नखुलेको कास्की प्रहरीले जनाएको छ ।