जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

हमासले हस्तान्तरण गरेको शव विपीनको भएको डीएनएबाट पुष्टि

जन्मभुमि खबर ,

पोखरा ।

प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा सोमबार साँझ हस्तान्तरित दुईमध्ये एक शव नेपाली विद्यार्थी विपीन जोशीको रहेको पुष्टि भएको छ । डीएनए परीक्षणबाट उक्त शव विपीनको भएको खुलेको इजरायली मिडिया द जेरुसेलम पोस्टले उल्लेख गरेको छ ।

इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावास स्रोतले बताएको छ ।

उनको प्राकृतिक मृत्यु नभइ हत्या नै भएको रिपोर्ट पाएका छौं,’ स्रोतले भन्यो ।

सन् २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएका विपीनको शव सोमबार साँझ हमासले अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको थियो । रेडक्रसले शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो ।

शव प्राप्त गरेपछि इजरायली सेनाले नेसनल इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनबाट डीएनए परीक्षण गराएको थियो । डीएनए परीक्षण गराउँदा उक्त शव विपीन रहेको खुलेको हो ।

यसबारे इजरायली सेनाले विपीनको परिवारलाई जानकारी दिइसकेको र शव बुझ्न अनुरोध गरेको द जेरुसेलम पोस्टले जनाएको छ ।