विपिन जोशीको मृत्यु भएको हमासद्वारा पुष्टि, शव आजै इजरायललाई बुझाउने
जन्मभुमि खबर ,
पोखरा ।
हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ ।
एक विज्ञप्ति जारी गर्दै हमासको सशस्त्र शाख कसम ब्रिगेड्सले मृतक बन्दीहरू गाय इलुज, योसी शाराबी, बिपिन जोशी र ड्यानियल पेरेजको रूपमा पहिचान गरेको हो छ । अल-कसम ब्रिगेड्सले आज (सोमबार) चार इजरायली बन्दीका शव हस्तान्तरण गर्ने घोषणा गरेको छ ।
विज्ञप्तिमा उनीहरूको शव आजै हस्तान्तरण गरिने उल्लेख छ । यो घटना इजरायल र हमासबिचको सम्झौताको एक भागको रूपमा भएको भनिएको छ । जसअनुसार इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।
यसअघि हमासले गाजामा रहेका सबै २० जीवित बन्दीहरूलाई रिहा गरिसकेको छ । तर, अझै पनि केही मृत इजरायली बन्दीका अवशेषहरू हमासको नियन्त्रणमा रहेको बताइएको छ ।
इजरायली अधिकारीहरूले यो सम्झौताअन्तर्गत हमासले फेला परेका मृतक बन्दीका शवहरू फिर्ता गर्नुपर्ने बताएका थिए ।
जाेशीको शव आजै हस्तान्तरण गरिने भएको छ । हमासको सशस्त्र शाखा कसम ब्रिगेडले आज चार जना बन्दीको शव हस्तान्तरण गर्ने बताएको छ ।
हमासको उक्त सशस्त्र समूहले एक विज्ञप्ति जारी गर्दै विपिन मृतक बन्दीहरूको पहिचान गाइ इलोज, योसी शाराबी, र डेनियल पेरेजको रूपमा गरेको छ।
विज्ञप्तिमा उनीहरूको शव आज हस्तान्तरण गरिने बताइएको छ। यसअघि हमासले गाजामा रहेका सबै २० जना जीवित बन्दीहरूलाई रिहा गरिसकेको भए पनि उसले अझै पनि केही मृत इजरायली बन्दीहरूको शव नियन्त्रणमा राखेको छ।