जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिकाले तिहारको समयमा अत्यधिक माग हुने स्थानीय सयपत्री फूलको बिक्री स्थान तथा मूल्य तोकेको छ।
उनका अनुसार पोखरा महानगरपालिकाका करिब २५ बढी स्थानहरूमा स्थानीय सयपत्री फूलको बिक्री स्थल पनि तोकिएको छ। तोकिएका स्थानहरूबाट यही कात्तिक ३,४ र ५ गते सयपत्री फूलहरू खरिद गर्न सकिने छ।
पोखरा महानगरपालिकाको सहयोगमा करिब ३ सय रोपनीमा सयपत्री फूल खेती भइरहेको छ। यस वर्ष ३ लाख माला उत्पादन हुने र करिब ३ देखि ४ करोडको कारोबार हुने अनुमान गरिएको छ।
विगत ३ वर्ष देखि निरन्तर बीउमा अनुदान तथा बजारीकरणमा सहजीकरण गर्दै आएको पोखरा महानगरपालिकाले कृषकहरूलाई न्यूनतम समर्थनमूल्य समेत प्रदान गर्दै आइरहेको छ।
नगर प्रमुख धनराज आचार्यले स्थानीय सयपत्री फूलमा पोखरा महानगरपालिका आत्मनिर्भर भइसकेकाले प्लास्टिकका फूलमालाहरु बिक्री वितरण नगर्न अनुरोध गरेको छ।
नगर क्षेत्रमा नै उत्पादन भएको स्थानीय सयपत्री फूलले नै यस वर्षको दीपावली मनाउन उनले आग्रह गरे। कृषकहरूको मनोबल उच्च बनाउनका लागि मल, बीउ, उत्पादनको बजारीकरण र समर्थनमूल्यमा समेत सहयोग गर्दै आइरहेको उनले बताए।