जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।

ललितपुर महानगरपालिका-१८ भैंसेपाटीमा बस्दै आएका १३ वर्षीय विकाश देवकोटाको बुधबार दिउँसो मृत्यु भएको हो ।

उनि शैक्षिक भम्रणका क्रममा पोखरा आएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फुस्रेखोलामा पौडी खेल्न गएका देवकोटा अचानक डुबेर अशक्त भएका थिए।

उनको तत्काल उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिमान्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो ।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कालिकोट स्थायी घर भएका देवकोटा परिवारसँग ललितपुरमा बस्दै आएका थिए ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।