जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।
ललितपुर महानगरपालिका-१८ भैंसेपाटीमा बस्दै आएका १३ वर्षीय विकाश देवकोटाको बुधबार दिउँसो मृत्यु भएको हो ।
उनि शैक्षिक भम्रणका क्रममा पोखरा आएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार फुस्रेखोलामा पौडी खेल्न गएका देवकोटा अचानक डुबेर अशक्त भएका थिए।
उनको तत्काल उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा लगिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कालिकोट स्थायी घर भएका देवकोटा परिवारसँग ललितपुरमा बस्दै आएका थिए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।