जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नारायणघाट-मुग्लिन सडकमा ७ वटा गाडी ठोक्किए

नारायणघाट-मुग्लिन सडकमा ७ वटा गाडी ठोक्किएका छन्।

दुर्घटनामा २१ जना घाइते भएका छन्।

बिहान साढे सात बजेतिर मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस गाइघाटमा ठक्कर खाएका थिए।

सोक्रममा बसको पछाडि रहेका ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसको पछाडि रहेको बा.प्र. ०६-००१ ग ०४८४ नम्बरको माइक्रो, त्यसको पछाडि रहेको ग २ ख १६२६ नम्बरको बस, त्यसको पछाडि रहेको ना ३ च ३२५६ नम्बरको भ्यान, त्यसको पछाडि रहेको बिएबी ८४७० नम्बरको कार ठोक्किएको थियो।

दुर्घटनापछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

घाइतेहरुमध्ये १३ जनालाई नेशनल सिटी अस्पताल, ४ जना नयाँ मेडिकल कलेज भरतपुर, ४ जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको डिएसपी खनालले बताए।