जन्मभुमि खबर ,
पोखरा ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौँडा हेल्थ पोष्टचोक नजिकैको पहिरोमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
आइतबार दुलेगौँडाबाट लालिमतर्फ जाँदै गरेको ग १ ज ८३१७ नम्बरको माइक्रो सडकबाट २० मिटर तल खसेको हो ।
माइक्रोमा सवार चौध महिने बच्चासहित ११ जना घाइते भएका इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक पोषण थापाले जानकारी दिए । घाइतेमध्ये तीनजनालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको उनले बताए ।
अन्य घाइतेको दुलेगौँडास्थित तनहुँ सेवा हस्पिटलमा उपचार भइरहेको छ ।
शुक्लागण्डकी नगरपालिका–८ गणपते बस्ने ४५ वर्षकी दलकुमारी रानालाई पनि जीएमसी पोखरा रिफर गरिएको छ । मध्यम घाइते उनको छाती र बायाँ हातमा चोट, लागेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
दायाँ हात र ढाडमा चोट लागेकी गणपतेकी २१ वर्षीया रविना थापा, चिउडो र दायाँ खुट्टामा चोट लागेर मध्यम घाइते शुक्लागण्डकी–८ लालिमका १६ वर्षीय रविन भुजेल, टाउकोमा चोट लागेकी शुक्लागण्डकी–१२ की ४९ वर्षीया देवीसिंह ठकुरीलाई पनि जीएमसी रिफर गरिएको छ ।
उक्त माइक्रो बसले दुुलेगौंडाबाट लामागाउँतर्फ जाँदै गरेको ग१ज ६५५३ नम्बरको जिपलाई समेत ठक्कर दिएको थियो । जिपमा सवार एक जना घाइते भएको प्रहरी जनाएको छ ।