जन्मभुमि खबर ,
पोखरा ।
तनहुँकाे बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा बस र स्कुटर दुर्घटना हुँदा दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । गत शनिबार आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ ख ९७०८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।
स्कुटर चालक गोरखाका २८ वर्षीय पुनराम गुरुङ र स्कुटरमा पछाडि सवार ३२ वर्षीय मनोज गुरुङकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । उनीहरुलाई प्रारम्भिक उपचारका लागि लक्ष्मी सिटी अस्पताल डुम्रे लगिएकाे थियो ।
मनोज गुरुङकाे भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।