जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की कारागारबाट भागेकामध्ये ८१ जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

कास्की प्रहरीले जेनजी आन्दोलनको क्रममा कास्की कारागार तोडेर भागेकामध्ये ८१ जना कैदी–बन्दीहरुलाई पक्राउ गरेको जनाएको छ ।

कास्की कारागारमा ७ सय ७३ जना कैदीबन्दी रहेकोमा आन्दोलनको दोस्रो दिन भदौ २४ गते एकजनाबाहेक सबै भागेका थिए ।

त्यसरी भागेकालाई कारागार विगागले असोज २० गतेसम्म कारागार फर्कन आग्रह गरेको थियो । तर, तीमध्ये १३ विदेशीसहित २३६ जना फरार रहेका छन् ।

कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार फरार विदेशी कैदीहरु मध्ये अधिकांश बलात्कार मुद्दाका दोषी छन् । एकजना शरीर बन्धक र दुईजना चिनियाँमध्ये एकजना मानव बेचबिखनको मुद्दाका अपराधी भएको उनले बताए ।

पछिल्लो समय पक्राउ परेका ८१ मध्ये जवरजस्ती करणी मुद्दाका– १६ जना, लागुऔषध मुद्दाका १६ जना, चोरीका २५ जना, ज्यान मार्ने उद्योगका ९ जना, अभद्र व्यवहारका ४ जना, सवारी अंगभंग मुद्धाका एक जना, कुटपीटबाट अंगभंग गर्ने एकजना, मानव बेचबिखनका १ जना रहेको पनि उनको भनाइ छ ।