जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको लिची बगान घोटाला प्रकरण : दुई पुर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जन्मभुमि खबर ,

पोखरा ।

पोखराको चर्चित ‘लिची बगान’ जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको हो । आयोगका अनुसार जग्गा हिनामिना गर्ने योजनाअन्तर्गत घुस डिल भएको अडियो सार्वजनिक भएपछि अनुसन्धान अघि बढाइएको थियो ।

सो अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए । यही प्रकरणमा एमाले नेता तथा पूर्वमन्त्री बलराम अधिकारीविरुद्ध पूरक अनुसन्धान जारी रहेको बताइएको छ ।