जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीका मुख्यमन्त्रीको निवासमा दोश्रो पटक आगो लगाउने र एटिएम तोडफोड गर्ने युवा पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

कास्की प्रहरीले गण्डकी प्रदेशको मुख्यमन्त्री निवासमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जेन–जीको आन्दोलनका क्रममा भदौ २४ गते आगजनी भएको मुख्यमन्त्री निवासमा असोज १२ गते दोस्रो पटक पुनः आगजनी भएको थियो ।

उक्त आगजनीमा संलग्न रहेको आरोपमा रुपन्देही घर भई पोखरा बस्ने २२ वर्षीय संजोक थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

थापाले राष्ट्र बैंकको कम्पाउण्ड सडक छेउमा रहेको एनआइएमबी बैंकको एटिएम मेसिन ढुङ्गाले प्रहार गरी तोडफोड समेत गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।