जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुशीलालाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमती, संसद विघटन गरिने

जन्मभुमि खबर ,

पोखरा

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुने भएकी छिन् । आन्दोलनकारी जेन-जीसँग संसद् विघटन लगायतका मुद्दामा राष्ट्रपति रामचन्द्र पौडेेल सहमत भएसँगै आजै प्रधानमन्त्रीको शपथ ग्रहण हुने बुझिएको हो ।

कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनको विषयमा भने राजनीतिक दलहरूको दबाबमा सहमति जुट्न सकेको थिएन ।

यस बाहेक प्रदर्शनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा तथा क्षतिपूर्ति, घाइतेको उपचार, ३० वर्षयताका भ्रष्टाचार छानबिनका लागि आयोग गठन आदि विषयमा पनि दुवै पक्षबिच सहमति जुटिसकेको बताइएको छ ।