सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त
जन्मभुमि खबर ,
पोखरा ।
अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छन् । शीतलनिवासमा जुटेको सहमतिबमोजिम राष्ट्रपति रामचन्द्र पाैडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
लामो छलफल र रस्साकस्सीपछि संसद विघटन गर्ने र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको थियो ।
यसअघि राष्ट्रपति पाैडेलले संविधान नष्ट हुने भन्दै संसद विघटन नगर्ने अडान लिएका थिए । तर आन्दोलनकारी शक्ति जेन–जी संसद विघटनको अडानबाट टसमस नभएपछि राष्ट्रपति विघटनका लागि बाध्य भएका हुन् ।
केहीबेरमा शपथ हुँदै छ । शीतलनिवासमा भिड बढेको छ ।