जन्मभुमि खबर ,
पोखरा ।
पोखरा–२६ कालीका चोकमा रहेको
मार्ग दर्शन कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सोमबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दिपकराज बास्तोलाले सहकारी एक समाजको ऐना बताउदै यसले समुदायमा जिबिकोपार्जनमा भुमिका खेलेको बताए ।
यसमा आवद्ध ब्यक्तिहरूले ईमान्दारिता भुमिका ननिभाएको हुनाले सहकारिमा यस्ता बिकृति आउदछ, सबै सचेत हुन जरूरी छ, उनले बताए ।
सहकारीका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षता सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलि अधिकारी क्षत्र महिला बचत तथा ऋण सहकारि अध्यक्ष मिना श्रेष्ठ , सिलिङ्गे कृषि उत्पादक सहकारि अध्यक्ष ठाकुर प्रसाद रानाभाट, जनप्रिय सहकारीका सस्थाका अध्यक्ष रबिन्द्र मोहन अधिकारी , जल्धारे बचत तथा ऋण सहकारि का अध्यक्ष बिष्णु प्रसाद बराल, संस्थाका सल्लाहकार नारायण बंजगाई, लगाएतले सहकारीको प्रगति र चुनौतीबारे विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू आशिष तिमिल्सिना, रियाज बजगाईँ, अनुप अधिकारी र मनिषु तिवारीलाई उच्च न्एब् प्राप्त गरेको भन्दै सम्मान गरियो।
त्यस्तै उत्कृष्ट बचतकर्ता तर्फ ऋखुमाया कुंईकेल, महेश गौतम , कमलादेबि सुवेदी , तथा उत्कृष्ट कर्मचारी तर्फ रिता सुवेदी लगाएतलाई सम्मान गरिएको हो ।
त्यसैगरी सहकारीको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षको प्रगति, आगामी वर्षको योजना र सदस्यहरूको सक्रिय सहभागितामा आधारित सहकारीको सफलताबारे जानकारी प्रस्तुत गरिएको थियो।हाल सहकारि मा ३८८ शेयर सदस्य रहेका छन् ।
सहकारीका उपाध्यक्ष हरीकृष्ण वडगाईँले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष हरिकृष्ण बजगाईले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव बिश्वज्योति सुबेदिले गरेका थिए ।