जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा प्रदर्शनकारीले आगजनी गरेको घरभित्र मृत अवस्थामा भेटिएकी युवती दोलखाकी भएको पुष्टि भएको छ।
दोलखा वैतेश्वर गाउँपालिका–८ छेत्रपा फेदीकी २७ वर्षीया स्वस्थानी खड्का रहेको बताइएको छ , स्वास्थ्यानी पोखराकै एक स्पामा काम गर्ने युवती भएको पनि प्रहरीले जनाएको छ ।
कामको सिलसिलामा उनी पोखरा आएकी थिइन् । उनको शव बुझ्न भिनाजु र भाइ पोखरा आएका छन् ।
पोखरा लेकसाइडस्थित अंशुभरा विल्डिङमा मंगलबार भएको आगलागीमा खड्काको ज्यान गएको हो। जलेको अवस्थामा बुधबार उनको शव बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै,नयाँ बजारमा भेटिएको शव अन्दाजी ३५ वर्षीय सञ्जु नगरकोटीको रहेको कास्की प्रहरीले जनाएको छ । नयाँ सञ्जु गत असार १ गतेदेखि मात्र उक्त सोरूममा काम थालेकी थिइन् । त्यसअघि उनी घरेलु कामदारका रूपमा काम गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ।
उनको स्थायी ठेगाना सिन्धुपाल्चोक भएको बुझिए पनि अझै पालिका र वडा यकिन भइनसकेको कास्की प्रहरीले जानकारी दिएको छ।