जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुर्वशिक्षामन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्यागको घोषणा

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छन् ।

उनी रास्वपाबाट शिक्षामँत्री बनेकी थिइन् । उनले यसअघि सांसद भएकोले पार्टीको काम गर्न समय नहुने भन्दै पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

कहिलै गल्ती नस्विकार्ने! गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने! पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने। जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ। तर त्यसले कत्ति पनि फरक पारेन। अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन। अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होल । आइ क्विट, मैले पार्टी छोडेँ,’ उनले भनेकी छन्।