जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नव नियुक्त चार मन्त्रीले लिए शपथ

जन्मभुमि खबर ,

पोखरा ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सकारका नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहबीच नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा अनील कुमार सिन्हा, मदन परियार, जगदीश खरेल र महावीर पुन मन्त्रीमा नियुक्त भएका हुन् । उनीहरूले आजै शपथ लिएसँगै मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ ।

प्रधानमन्त्री कार्कीले नेतृत्व गरेको अन्तरिम मन्त्रिमण्डलमा यसअघि नै तीजना मन्त्री सहभागी भइसकेका थिए ।