जन्मभुमि खबर ,
पोखरा ।
कास्की प्रहरीले हालैको जेन जि आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबारे प्रमाण उपलब्ध गराउन नागरिकसँग सहयोग गर्न अपिल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञप्ति जारी गर्दै २०७९ भदौ २३ र २४ गते भएको आन्दोलनमा अपराधिक पृष्ठभूमिका व्यक्तिहरु घुसपैठ गरी विभिन्न सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था, व्यवसायिक प्रतिष्ठान र निजी घर–सम्पत्तिमा क्षति पुर्याएको उल्लेख गरेको छ ।
प्रहरीका अनुसार सो घटनासम्बन्धी CCTV फुटेज, भिडियो, फोटो, भ्वाइस रेकर्डजस्ता प्रमाण नागरिकले उपलब्ध गराएमा अनुसन्धानमा सहयोग पुग्नेछ। साथै आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार वा सामग्री कसैले लुकाइ–छिपाइ राखेको थाहा भए सो जानकारी पनि प्रहरीलाई दिन आग्रह गरिएको छ ।
सूचना दिने व्यक्तिको पूर्ण गोपनीयता कायम गरिने प्रहरीको भनाइ छ ।
प्रमाण वा जानकारी उपलब्ध गराउन प्रहरीको इमेल dpokaski@gmail.com, dpokaski_it@nepalpolice.gov.np वा WhatsApp नम्बर ९८५६०३९५९९,९८५६०३५५१२ मा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) हरीबहादुर बस्नेतले जनाएका छन् ।