जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा लेकसाइडबाट पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनलाई कास्कीको लेकसाइडबाट पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पुष्टि गरे ।

प्रहरीले उनलाई साइबर क्राइम मुद्दामा पक्राउ गरेको हो । स्रोतका अनुसार, उनकै सहकर्मी शर्मिला श्रेष्ठले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । वाइबामाथि काठमाडौं प्रहरीमा मुद्दा दर्ता भएको थियो ।

उनलाई मंगलबार नै काठमाडौं पठाइने ओलियाले जानकारी दिए ।