जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कुलिङ पिरियड प्रकरण: रामहरि खतिवडाले दिए समिति सभापतिबाट राजीनामा

जन्मभुमि खबर ,

पोखरा ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेर उनले पदबाट राजीनामा दिएका हुन् ।

‘विधेयकमा मेरो हस्ताक्षर भएको हुँदा जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो’ उनले भने ।

संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडसम्बन्धि व्यवस्थामा चलखेल गरी निष्प्रभावी हुने भाषा घुसाएपछि उनको आलोचना भएको थियो ।

यस विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको थियो। समितिले २७ दिनको अध्ययनपछि प्रतिवेदन तयार पारेर साउन २० गते खतिवडासहितलाई जिम्मेवार ठहर गरेको थियो ।

खतिवडाले आजको संसद् बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरे, कांग्रेस प्रमुखसचेतक श्यामकुमार घिमिरेसहितलाई भेटेका थिए ।