जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आर एन ढकाल रघुको निर्देशनमा मौलिक तीज गीत ’बरिलै सैंया’ सार्वजनिक ( भिडियो सहित )

जन्मभुमि खबर ,

पोखरा ।

नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा मौलिक भाकाको तीज गीत ’बरिलै सैंया’ सार्वजनिक भएको छ ।
त्रिवेणी संगीतको युट्युब च्यानल मार्फत सार्वजनिक भएको गीतमा पुरानो मौलिक भाकालाई प्रस्तुत गरिएको छ ।

नवराज बराल र सुकु हिराचनको शब्द तथा लय रहेको गीतमा पिंगला भट्ट, रिता काफ्ले, दिपा शर्मा, सानु जोजीजु, तुलसी शर्मा र सुकु हिराचनको आवाज रहेको छ ।

गीत सार्वजनिक भएको केही समयमा नै गीत चर्चित बनेको छ भने टिकटकमा समेत चर्चा बटुलेको छ । अहिले बजारमा आएका गीतभन्दा फरक र मौलिक खालको भएकाले पनि गीतले राम्रै भ्युज र चर्चा बटुलेको बताइएको छ ।

बाँसुरी डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनेको छ । प्रतिष्ठा कंडेल र श्वेता शर्माको नृत्य रहेको भिडियोको निर्देशन आर एन ढकाल रघुले गरेका छन् ।

गीतको एरेन्ज दिवस थापा मगर, मिक्सिङ गोविन्द वली, भिडियोग्राफी इश्वर श्रेष्ठ र पोष्ट पोडक्सन फलानो क्रियसनले गरेको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :