जन्मभुमि खबर ,
पोखरा ।
पाेखरा महानगरपालिका ३१ स्थित बेगनासतालमा एक पुरुषको शवको पानीमा तैरिएकाे अवस्थामा फेला परेकाे छ । तालमा शुक्रबार मृत फेला परेका पुरुषको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
तालमा शव फेला परेको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीको टोलीले शव निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।
शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने सनाखत हुन नसकेको प्रहरीले बताएकाे छ । चिनेजानेको वा कोही आफन्त भएमा नजिकको प्रहरी कार्यालय वा निम्न नम्बरमा १००, ०६१५८७१००, ९८५६०१००३३ सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।