जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेश सरकारले असार २९ गते भानु जयन्तीका दिन आइतबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद्ले भानु जयन्तीका अवसरमा बिदा दिने निर्णय गरेको हो । गएकाे चैतमा मन्त्रिपरिषद्ले बिदासम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचनासमेत प्रकाशित गरिसकेको छ ।
आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।
विसं २०८१ चैत १२ गतेको मन्त्रिपरिषद् बैठकले भानु जयन्तीको दिन बिदा दिने निर्णय गरेको थियो । भानु जयन्तीसहित प्रदेश सरकारले असोज २० गते कोजाग्रत पूर्णिमा, माघ २२ गते गण्डकी प्रदेश सरकार स्थापना दिवस र चैत १२ गते चैते दसैँमा पनि बिदा दिने निर्णय गरेको थियो ।