तनहुँमा स्कुटर दुर्घटना हुँदा छोराको मृत्यु, बुबा घाइते
जन्मभुमि खबर ,
पोखरा
पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका –१२ कमलबारीमा स्कुटर आइतबार दिउँसो १ः४५ बजे दुर्घटना हुँदा चालक (छोरा) को मृत्यु भएको छ । बुबा घाइते भएका छन ।
दमौलीबाट डुम्रे जाँदै गरेको ग २५ प ४१३ नम्बरको स्कुटरको चालकले नियन्त्रण गुमाइ सडकमा पल्टन जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । गोरखाको गोरखा नगरपालिका –१३ अबुवा देउराली बस्ने बर्ष २२ को आसिक बाबु नरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
दुर्घटनामा पछाडि सवार मृतककै बुबा कृष्णप्रसाद नराल घाइते भएको उनले बताए । दुबै घाइते भएपछि प्रादेशिक अस्पताल दमौलीमा उपचारको लागि ल्याइएकोमा छोरालाई मृत घोषणा गरिएको बुबालाई थप उपचारका लागि पोखरा लगिएको थापाले बताउनुभयो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।