जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रास्वपा सांसदले गरे पलेँटी कसेर नाराबाजी (तस्वीरहरू)

जन्मभुमि खबर ,

पोखरा ।

प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजी गरेका छन् । बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपाले विगत केही दिनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । रास्वपाले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखेको छ ।

अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसदको कार्यसूची अघि बढाएपछि रास्वपाका सांसदहरूले वेलअगाडि पलेँटी कसेर बसेका छन् । उनीहरूले बसेरै नाराबाजी गरिरहेका हुन् ।

तस्वीरहरू :

PRA_8334-1749977494.jpeg

DSC07642-1749977493.jpeg

DSC07654-1749977493.jpeg

DSC07651-1749977493.jpeg

PRA_8327-1749977486.jpeg