रास्वपाले गर्यो संसद् बैठक बहिस्कार
जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेको छ ।
यसअघिका दिनमा वेल घेराउ गर्दै आइरहेको रास्वपाले आज भने बैठक नै बहिस्कार गरेको हो । बैठक कार्यसूचीमा प्रवेश गर्नासाथ उनीहरु बाहिरिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूका केही कुरा सुन्नै नचाहेपछि आजको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको जनाएको छ । आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची थियो ।
तर रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथिको छानबिनको माग राख्दै गर्दै आएको अवरोधलाई निरन्तर दिएपछि उक्त कार्यक्रमलाई कार्यसूचीबाटै हटाइयो ।
रास्वपाका सांसदहरू आज निलो रिबन भिरेर कालो पोसाक लगाएर सदनमा गएका थिए । आजको बैठकको कार्यसूचीमा प्रवेश भएको सूचना सभामुख देवराज घिमिरेले सुनाएलगत्तै उनीहरूले नाराबाजी गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री सदनबाट बाहिरिए। त्यसलगत्तै रास्वपाका सांसदले पनि बैठक बहिष्कार गरे। त्यसअघि राप्रपाले पनि बैठक बहिष्कार गरिसकेको थियो।
‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौँ । तर, उहाँले त्यो कुरा सुन्न चाहनुभएन। बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो,’ झाले भने, ‘तसर्थ, हामीले बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएकाले बैठक बहिष्कार गरेर निस्किएका छौँ ।’
रास्वपाले जेठ १३ गतेदेखि लगातार सदनमा विरोध जारी राखेको छ।