उत्तराखण्ड हेलिकप्टर दुर्घटना, सवार सातै जनाको मृत्यु
उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा आइतबार बिहान भएको हेलिकप्टर दुर्घटनामा सवार सात जनाकै मृत्यु भएको छ ।
हेलिकप्टरमा चालकसहित ६ जना वयस्क र एक शिशु सवार थिए । अचानक मौसममा खराबी आएका कारण हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ ।
उत्तराखण्डको एसडीआरएफले दुर्घटनामा सातै जनाको मृत्यु भएको पुष्टि गरेको छ । जिल्ला पर्यटन अधिकारी एवं नोडल हेली सेवाका राहुल चौबेले भने, ‘आज बिहान एक हेलिकप्टर हराएको सूचना पाइयो । जानकारी प्राप्त हुनासाथ खोजबिन सुरु गरिएको थियो ।’
प्राथमिक जानकारी अनुसार आर्यन एभियशनको हेलिकप्टर केदारनाथ धामबाट यात्रीलाई गुप्तकाशी बेसमा फिर्ता ल्याउँदै थियो । घाँटीमा अचानक मौसम खराबी भएका कारण हेलिकप्टरलाई घाँटीबाट बाहिर निकाल्ने प्रयास गर्ने क्रममा दुर्घटनामा परेको हो ।
उनका अनुसार यो हेलिकप्टरमा चालकबाहेक पाँच यात्री र एक शिशु सवार थिए ।