जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टसमस भएनन् विपक्षी , भोलिसम्मलाई प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ ।

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलको अवरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई सारिएको हो ।

 

मंगलबार बिहान ११ बजे बोलाइएको बैठक केही समय ढिला गरी सुरू भएको थियो।

बैठकमा प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राखेका थिए ।

प्रतिपक्षीको अडानबीच बैठक आधा घन्टाका लागि स्थगित भएको थियो । पछि सूचना टाँस गरेर साढे २ बजेसम्मका लागि स्थगित गरियो र सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरे ।

कांग्रेस र एमालेले सदनमा गृहमन्त्री बोल्न पाउनुपर्ने माग राखेका छन् भने माओवादी र रास्वपाले गृहमन्त्रीले पहिले राजीनामा दिनुपर्ने अडान राखेका छन् । गतिरोध अन्त्य हुन नसकेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।