जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गते बोलाउन सिफारिस

जन्मभुमि खबर ,

पोखरा ।

गण्डकी प्रदेश सरकारले प्रदेशसभाको बर्खे (बजेट) अधिवेशन यही जेठ ११ गते दिउँसो २ बजेका लागि बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि उक्त मिति र समय सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिलामन्त्री तथा सरकारका प्रवक्ता टकराज गुरुङले जानकारी दिए ।

प्रदेशसभाको यस अधिवेशनमा विशेषगरी आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरी त्यसबारे छलफल हुनेछ ।