जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की पोखरा समाज जापानमा रमाइलो भेटघाट

शशि पौडेल
जापान ।

कास्की पोखरा समाज जापानको आयोजनामा आइतबार रमाइलो भेटघाट तथा बार्बिक्यू पार्टी सम्पन्न भएको छ ।

कास्की जिल्लाभित्र स्थायी वा अस्थायी घर भई हाल जापानलाई कर्मथलो बनाएका सदस्यहरु विचको भाइचारा बढाउनुका साथै रमाइलो गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक सुन्दर रोमन बरालले जानकारी दिए ।

राजधानी टोक्योस्थित इचिकावा स्टेसनको दक्षिण प्रवेशद्वारमा भएको कार्यक्रममा समाजका झण्डै दुई सय जना सदस्यहरुको सहभागिता रहेको संयोजक सुन्दर बरालले जानकारी दिए ।
आइतबार मध्यान्हबाट शुरु भएको कार्यक्रमको संस्थाका सल्लाहकार एवं थकाली समाज जापानका अध्यक्ष बुद्ध गौचनले उद्घाटन गरे । उनले प्रदेशमा रहेर समाजका सदस्यहरु भेला भएर गरिने यस्ता कार्यक्रमले समाजका सदस्यहरुविच भाइचाराको विकास हुने विश्वास व्यक्त गरे ।

संस्थाका अध्यक्ष कमल बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक सुन्दर रोमन बराल, कार्यसमिति सदस्य यूवराज तिवारी लगायतले कार्यक्रम र संस्थाको बारेमा धारणा राखेको महासचिव जीवन पोखरेलले जानकारी दिए ।