जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याउ बोक्ने गाडीमा ७ किलो बढी सुन तस्करी, १ जना पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे सात किलो सुन बरामद गरेको छ । रसुवा प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार सुनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शाहीका अनुसार केरुङ हुँदै नेपाल ल्याउन लागेको स्याउ बोक्ने गाडीमा सुन ल्याइएको हो । बा४ख ६२०१ नम्बरको गाडी चालक रसुवा गोसाइँकुण्ड गाउँपालिका–५ का किशोर भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीका अनुसार स्याउ बोक्ने कन्टेनरमा चालक माथि फल्स बटनमा सुन तस्करी गरेर नेपाल आउने क्रममा गाडीसहित चालक पक्राउ परेका हुन् । ‘स्याउ बोक्ने गाडीको चालकभन्दा माथिपट्टिको फल्स बटनमा सुनजस्तो धातु देखिएपछि हामीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।’, डिएसपी शाहीले भने ।

बिस्कुटको आकारमा ल्याइएको सुन बरामदपश्चात गाडी, चालक र बरामद वस्तुको अनुसन्धान भइरहेको उनले बताए ।

सुन धनी को हुन् भन्नेबारेमा भने प्रहरीले अनुसन्धान थालेको छ ।