जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मध्यराति दमौलीको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु, दुई जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ४ जोड्ने मादी नदीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शनिबार राति करिब साढे ११ बजे उक्त जिप दुर्घटनामा परेको हो ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको उक्त जिप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मुत्यु हुनेमा व्यास नगरपालिका– ५ का कुशल मगर, प्रविन मगर र कुमार मगर रहेका छन् ।

त्यस्तै, दुर्घटनामा परेर जिप चालक व्यास नगरपालिका–४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगञ्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन्।

घाइतेमध्ये रौनिहारलाई दमौली अस्पतालमा प्राथमिक उपचार गरेर पोखरा रिफर गरिएको छ । त्यस्तै, चालक गुप्ताको दमौली अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिपमा पाँच जना यात्रु सवार थिए ।