जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा कोठा फोरेर सुनका गरगहना चोरी गरेको आरोपमा २ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा कोठा फोरेर सुनका गरगहना चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन ।

मङ्गलबार रातिको समयमा पोखरा महानगरपालिका वडा नं.२ मोहरिया टोल स्थितमा २ वटा घरको कोठा फोरी सुनका गरगहना तिलहरी -१ थान, सुनको औंठी -१ थान चन्द्रमा -१ थान र नगद रु. दुई हजार समेत चोरी भएको थियो ।

वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिई गएको प्रहरी टोलिले अनुसन्धान गर्दै जाँदा जिल्ला म्याग्दी स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं. ३ बस्ने २२ वर्षीय अमृत नेपालीको घरकोठाबाट चोरी भएको सुनको तिलहरी -१ थान, चद्रमा -१ थान, चाँदीको चेन -१ थान र नगद रु दुई हजार सहित पक्राउ परेको र सोही घटनामा संलग्न धादिङ जिल्ला घर भइ हाल पोखरा महानगरपालिका ३ बस्ने २४ वर्षीय बिनोद नेपालीलाई समेत पक्राउ गरिएको छ ।

उनिहरुलाइ कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरूमा दिन सात ‘७) म्याद थप गरी
अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले बताएका छन ।