जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुम्दीकोटमा १० दिने मादल बजाउने तालिम सम्पन्न।

नेपालको पर्यटकीय राजधानी सहर पोखराको केन्द्रभागमा रहेको विशाल महादेवको मूर्ति प्राङ्गण पुन्दीकोटमा १० दिने मादल बजाउने आधारभूत तालिम सम्पन्न भएको छ। राज्यले पर्यटनका थप गन्तव्यहरू पहिचान गर्न नसकिरहेको अवस्थामा विसं २०७३ सालदेखि। पुन्दीकोट विकास समितिको अग्रसरतामा पोखरा महानगरपालिका वार्ड नम्बर २२ स्थित पुम्दीकोटमा ५१ फिट विशाल महादेवको मूर्ति निर्माण गरी नेपालमा मात्र नभए विश्वमा समेत ख्याति कमाएको पुम्दीकोट कोट विकास समितिले समग्र वडा नम्बर २२ को हितको लागि भन्दै १० दिने मादल बजाउने तालिम सम्पन्न गरेको छ। वडा नम्बर २२ का आमा समूह र भजन मण्डलीहरूलाई लक्षित गर्दै विभिन्न १४ वटा समूहहरूका ४० भन्दा बढी व्यक्तिहरूलाई मादलको आधारभूत तालिम दिएको हो। नेपाली संस्कृतिको पहिचान झल्काउने मादल बजाउने व्यक्तिहरूको सङ्ख्या घट्दै गइरहेको अवस्थामा तालिम लिएपछि आफूहरू समाजमा झल्कने विभिन्न चाडपर्वहरू लगायत रत्यौली भजन तीज गीतहरुमा आफैले मादल बजाउन सक्ने अपेक्षा सहित मादल तालिममा भाग लिएको सहभागीहरूले बताउनुभयो। पुम्दीकोटकोट विकास समितिले आफ्नो सामाजिक उत्तरदायित्व मार्फत वडा नम्बर २२ का सम्पूर्ण आमा समूह हरू विभिन्न क्लबहरू लाई आवश्यकता अनुसार विभिन्न तालिमहरू दिने वचन समितिका अध्यक्ष श्री चन्द्रकान्त बरालले बताउनुभयो। पुम्दी कोटकोट विकास समितिबाट यसअघि पनि महिलाहरूको नेतृत्व विकासको लागि नेतृत्व विकास एवं उद्घोषक तालिम सञ्चालन गरिसकेको र आगामी दिनहरूमा पनि विभिन्न समूहदाय वर्गहरुलाई लक्षित गर्दै विविध किसिमका तालिमहरु दिँदै जाने अध्यक्ष बरालले बताउनुभयो अध्यक्ष बरालका अनुसार अब पुम्दीकोट कोट विकास समितिको पहलमा एक भूमि बैंक स्थापना गरिने र उक्त भूमि बैंक मार्फत कोट विकास समितिकै पहलमा आय आर्जनका विविध उत्पादनहरू लगाइने र उक्त उत्पादनहरूको बजारीकरण गर्ने लक्ष्य समेत रहेको बताउनुभयो l पुम्दीकोट अहिले धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गइरहेको अवस्थामा यही ठाउँको उत्पादनलाई समेत जोड्न सके एक नमुना क्षेत्र बन्ने समितिका सचिव श्री निर्मलराज बरालले बताउनुभयो। समापन कार्यक्रमको स्वागत मन्तव्य समितिका उपाध्यक्ष श्री नरहरी बरालले वडा नम्बर २२ का सम्पूर्ण संघसंस्थाहरूको सहयोगले यो अवस्था मा आउन सकेको र यो अवस्थाबाट सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई पनि पुम्दीकोट कोट विकास समितिले सहयोग
गर्ने प्रतिबद्धता जनाउनुभयो। पुम्दीकोट कोट विकास समितिको पहलमा आगामी दिनहरूमा निरन्तर समाजले मागेको विविध तालिम हरु सञ्चालन गरिने समितिका कोषाध्यक्ष श्री चण्डिका प्रसाद बरालले बताउनुभयो। उक्त समापन कार्यक्रमको सञ्चालन समितिका कार्यालय व्यवस्थापक श्री रुद्रनाथ पौडेलले गर्नुभएको थियो।