सुनको मुल्य बढेको बढ्यै, तोलाकै मुल्य १ लाख ९० हजार नाघ्यो
जन्मभुमि खबर ,
पोखरा ।
नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । पछिल्लो एक सातामा निरन्तर बढिरहेको सुनको मूल्य बिहीबार तोलामै ३६०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ८७ हजार रहेको सुनको मूल्य बढेर बिहिबार १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १९६० रुपैयाँ पुगेको हो।