जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भारतबाट पोखरा आउदै गरेको बस दुर्घटना हुँदा, २१ जना घाइते

जन्मभुमि खबर ,

पोखरा ।

दाङको लमही कोइलाबास सडकअन्तर्गत गढवा गाउँपालिका ५ चिसापानीमा आज  दिउँसो  भारतीय गाडी दुर्घटना भएको छ । भारतको लखनउबाट भ्रमणका लागि पोखरा आउदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएको  जिल्ला प्रहरी  कार्यालय  दाङले  जनाएको  छ ।

घाइतेहरू सबै  भारतीय हुन्  चिसापानीको ओरालोमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २५ जना यात्रु सवार थिए । घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लगिएको  र घटनाबारे  अनुसन्धान प्रहरीले जनाएको छ ।