जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन तोलामा चार हजारले बढ्यो

जन्मभुमि खबर ,

पोखरा ।

नेपाली बजारमा शुक्रबार (चैत १) सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । सुनको मूल्य एकैदिन तोलामा चार हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७४ हजार ५०० रुपैयाँ कायम छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । यसअघिको उच्च मूल्य गएको फागुन १३ गते तोलामा एक लाख ७१ हजार ३०० रुपैयाँ थियो ।

अघिल्लो कारोबार दिन अर्थात् बुधबार (फागुन २८) छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च कायम भएको छ । चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको छ । अघिल्लो बुधबार दुई हजार रूपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य ५० रूपैयाँ वृद्धि हुँदै दुई हजार ५० रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।