सुनको मुल्य हालसम्मकै उच्च
जन्मभुमि खबर ,
पोखरा ।
नेपाली बजारमा मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७५ हजार २०० रुपैयाँ कायम छ ।
मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँ किनबेच भएको थियो ।
नेपाली बजारमा यसअघि छापावाल सुनको उच्च मूल्य एक लाख ७४ हजार ५०० रुपैयाँ पुगेको थियो ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।