जन्मभुमि खबर ,
पोखरा ।
पृथ्वीनारायण क्याम्पसमा मतपत्रमा सामान्य त्रुटि देखिएपछि उत्पन्न विवादका कारण मंगलबारको मतदान स्थगित भएको छ । निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले सूचना जारी गरी आज मंगलबारका लागि मतदान स्थगित भएको र भोलि बुधबार हुने बताएका छन ।
निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले सूचना जारी गरी आज मंगलबारका लागि मतदान स्थगित भएको र भोलि बुधबार बिहान ८ बजेबाट मतदान सुरु हुने उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, पृथ्वीनारायण क्याम्पस, पोखरा मतदान केन्द्रमा स्व.वि.यु.को निर्वाचन आज मिति २०८१।१२।०५ गते बिहान ८ बजे मतदान सुरु गर्ने प्रक्रियामा प्रत्यक्षतर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल (छैठौं) को अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोमा स्व.वि.यु. निर्वाचन समिति गम्भिर रुपले आत्मआलोचित भएको छ ।
सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारको प्रतिनिधिहरुको राय बमोजिम उक्त मतपत्र रद्द गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएको हुँदा उक्त मतदान कार्य मिति २०८१ साल चैत्र ६ गते बुधबारका दिन बिहान ८ः०० बजेदेखि सुरु हुने जानकारी गराइन्छ । साथै मतदान गर्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारहरु एवं विद्यार्थी मतदाताहरुलाई हार्दिक अनुरोध गर्दछौं ।