सुनको मुल्य प्रतितोला १६ सयले बृद्धि
जन्मभुमि खबर ,
पोखरा ।
नेपाली बजारमा आज पनि सुनको मूल्य प्रतितोला एक हजार ६ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (आज) छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस अघि बुधबार सुन एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी एक हजार ९ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।