महिला च्याम्पियनसिप आज नेपाल र किर्गिस्तान भिड्दै
जन्मभुमि खबर ,
पोखरा ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ । दशरथ रंगशालामा आजै दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो २ बजे म्यानमार र लेबनन भिड्दा साँझ ६ बजे नेपाल र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले ६ वर्षपछि किर्गिस्तानसँग खेल्न लागेको हो। यसअघि भएको खेलमा नेपालले ८–२ गोलले हराएको थियो। नेपालीलाई उपाधि यात्रा बलियो बनाउन तुलनात्मक रूपमा कमजोर किर्गिस्तानलाई पराजित गर्नुपर्छ। म्यानमार र लेबनान बलिया टोली हुन् ।
तर पछिल्लो समय किर्गिस्तानको टोलीमा पनि व्यापक सुधार भएकाले कमजोर आक्न नमिल्ने नेपाली टोालीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए । नेपालको पहिलो खेलमा प्रमुख फर्वार्ड सावित्रा भण्डारी उपलब्ध हुने छैनन् । उनी आजै फ्रान्सबाट आइपुग्ने भएकाले विश्राम दिने प्रशिक्षक तामाङले बताए ।
आफ्नो टोलीको मजबुत पक्ष नै फर्वार्ड लाइनमा रहेको दाबी गरे। उपाधि खडेरीमा रहेको नेपाल घरेलु मैदानमा उपाधि उचाल्न चाहन्छ।यसअघि साफ महिला च्याम्पियनसिपमा लगातार दुईपटक उपाधि जित्ने मौका गुमाएको थियो ।
पछिल्लोपटक घरेलु मैदानमै फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । तर उक्त फाइनलमा गरेको, गल्तीलाई दोहोरिन नदिने नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन् ।