पोखरा २२ को ठुलिबिडीमा प्रथम त्रिभुवन स्मृति कप फुटबल प्रतियोगिता हुँदै
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका–२२ को ठुलिबिडीमा प्रथम त्रिभुवन स्मृति कप फाइभ ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।
२०७९ माघ १ गते पोखरामा भएको यती एअरलाइन्सको जहाज दुर्घटनामा परि दिवङ्गत भएका त्रिभुवन पौडेलको स्मृतिमा उक्त प्रतियोगिता गर्न लागिएको हो ।
पौडेल नेपाल पत्रकार महासंघ का केन्द्रीय सदस्य ,पत्रकार महासंघ गण्डकी प्रदेशका सस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार समेत रहेका थिए ।
यही फागुन १६ गते देखी १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । आयोजक परिवर्तन युवा क्लबले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी दिएको हो ।
परिवर्तन युवा क्लबको आयोजना तथा पोखरा हटलाइन राष्ट्रिय दैनिकको सह—आयोजनामा हुने प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैया, उपविजेताले २५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । त्यस्तै विद्यागत तर्फ उत्कृष्ट खेलाडी, गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक बरालले जानकारी दिए ।
सहभागी हुने टोलिले फागुन १४ गतेसम्म टिम दर्ता गर्न सक्ने छन भने टिम दर्ता शुल्क नगद ५ हजार रहेकोे क्लवले जनाएको छ ।