जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एमाले सांसद शर्मालाई उन्मुक्ति दिएपछि बालेनको प्रतिक्रिया– सरी नानु, ‘कुकर्म गर्नेहरूलाई तह लगाउन समय आउनेछ’

जन्मभुमि खबर ,
पोखरा ।।

बाल श्रमशोषणसम्बन्धि मुद्दामा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई मुद्दा नचलाउने निर्णय गरिएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले असन्तुष्टि जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘‘सरी नानु, तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउँनेछ,’ बालेन लेख्छन्,‘यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’

काठमाडौं महानगरपालिकाले नै सांसद शर्माविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । तर, हालै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेकोमा सरकारको आलोचना भइरहेको छ ।

सांसद शर्माले बालुवाटारस्थित आफ्नो घरमा वर्षाैसम्म दाङकी एक किशोरीलाई घरेलु कामदारका रुपमा राखेर श्रम शोषण गरेको अभियोग छ । ती किशोरीलाई महानगरपालिकाले नै उद्धार गरी हाल एक संस्थामा राखेर अध्ययन गराइरहेको छ ।