आहा रारा पोखरा गोल्ड कप : सडनडेथमा मच्छिन्द्रलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा रंगशालामा जारी २४ औ आहा रारा पोखरा गोल्ड कपमा आज भएको खेलमा थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ४-२ गोलान्तरले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको हो ।
अब थ्री स्टारले थण्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।
निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा थ्रीस्टारले बाजी मार्यो ।
मछिन्द्र प्रिक्वाटरफाइनलमा विभागीय टोली एपीएफ एफसीलाई हराउँदै क्वाटरफाइनल पुगेको हो भने थ्री स्टारले बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । थ्रीस्टार ५ पटकको आहारारा गोल्डकपको च्याम्पियन टोली समेत हो । मछिन्द्रले भने अहिलेसम्म पोखरामा उपाधि जित्न सकेको छैन । यसपटक पनि क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
प्रतियोगितामा सोमबार त्रिभुवन आर्मी र चर्च ब्वाइज युनाइटेडबीच तेस्रो क्वार्टरफाइनल हुनेछ ।