जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्ड कप : ब्रिगेडललाइ २-० ले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनलमा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा रंगशालामा जारी २४ औ आहा रारा पोखरा गोल्ड कपमा आज भएको खेलमा लगातार दुई खेल जित्दै नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो क्वाटरफाइनलमा विभागीय टिम पुलिसले आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युकेलाई २-० ले पराजित गरेको हो । खेलको २७औं मिनेटमा नेपाल पुलिस क्लबले पहिलो गोल गर्दै अग्रता लिएको थियो । पहिलो गोल विवेक पाण्डेले गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमै पुलिसले अग्रता दोब्बर बनायो । खेलको ४०औं मिनेटमा रामचन्द्र वाजीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाउँदै टिमको जित सहज बनाए ।

पहिलो हाफमै पुलिसले अग्रता दोब्बर बनायो । खेलको ४०औं मिनेटमा रामचन्द्र वाजीले गोल गर्दै टिमको अग्रता दोब्बर बनाउँदै टिमको जित सहज बनाए ।

हारसँगै आमन्त्रित ब्रिगेड ब्वाइज क्लब, युके भने पहिलो खेलबाटै घर फर्कने भएको छ ।

पुलिसले अब पहिलो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसी बीच विजेतासँग खेल्नेछ ।

भोलि आइतबार थ्रीस्टार क्लब र मच्छिन्द्र फुटबल क्लबबीचको खेल हुनेछ ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।