जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्ड कप : थ्री- स्टारलाई ४-० ले पराजित गर्दै ब्ल्याक बुल्स फाइनलमा प्रवेश

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा रंगशालामा जारी २४ औ आहा रारा पोखरा गोल्ड कपमा आज भएको खेलमा थ्रीस्टार लाई ४-० फराकिलो अन्तरले हराउँदै उज्बेिकिस्तानको ब्ल्याक बुल्स एफसी फाइनलमा प्रवेश गरेको छ ।

यो सङ्गै पाँचपटकको च्याम्पियन टोली थ्रीस्टार क्लब २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलबाटै बाहिरिएको छ ।

ब्ल्याक बुल्सका लागि कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक-एक गोल गरे ।

अब उपाधिका लागि शनिबार फाइनलमा प्रवेश गरेको नेपाल पुलिस क्लबले उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी क्लब सङ प्रतिस्पर्धा गर्नेछ।