जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आहा रारा पोखरा गोल्ड कप : त्रिभुवन आर्मीलाई नकआउट गर्दै चर्च ब्याइज सेमिफाइनलमा

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा रंगशालामा जारी २४ औ आहा रारा पोखरा गोल्ड कपमा आज भएको खेलमा त्रिभुवन आर्मीलाई नकआउट गर्दै चर्च ब्याइज सेमिफाइनलमा प्रवेश गरेको छ ।

तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइजले विभगीय टोली आर्मीलाई १-० ले हराउँदै अनतिम चारमा पुगेको हो । चर्च ब्वाइजलाई जित दिलाउन राज भुषालले ८९औं मिनेटमा निर्णायक गोल गरे ।

नवीन लामाले प्रहार गरेको कर्नर किकबाट आएको बललाई राजले हल्का हेडरमार्फत पोस्टको दिशा दिएका थिए । आर्मीका आविष्कार खड्का बलको नजिकै भएपनि उक्त गोल रोक्न सकेनन् ।

अब चर्च ब्वाइजले फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा माघ ३० गते अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

भोलि मंगलबार भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।