नेकपा एकीकृत समाजबादिको गण्डकी अधिबेसन पोखरामा हुने ।
रमेश पोख्रेल /पुस १९, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादिको प्रथम गण्डकी प्रदेश अधिबेशन माघको २६ र २७ गते पोखरा हुने भएको छ ।
पार्टीका अध्यक्ष माधब कुमार नेपालले उदघाटन गर्ने अधिबेशनमा एघार जिल्लाबाट ४५० जना प्रतिनिधि रहने, ५० पार्टी सदस्य बराबर एक जना प्रतिनिधि चयन हुने , प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन हुने शुक्रबार पोखरा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका गण्डकी प्रदेश अध्यक्ष श्रीनाथ बरालले बताउनु भयो । त्यसै गरि प्रतिनिधि चयन गर्दा महिला ,उत्पीडित र मजदुर क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३ जना प्रतिनिधि छानिदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिदा १ उत्पीडित समुदायबाट अनिवार्य गरिएको अध्यक्ष बरालले बताउनु भयो । त्यसैगरी जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानी प्रतिनिधि चयन हुने, प्रतिनिधिका अलवा ५० जना स्वयंसेवक र आयोजक गरि प्रथम गण्डकी प्रदेश अधिबेशनमा ६ सय जनाको सहभागीता रहने पत्रकार सम्मेलनमा अध्यक्ष बरालले बताउनु भयो ।